बुधबार, पुष १६, २०८२

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

मेरोन्यूज २०८१ भदौ २७ गते ११:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । 

भोलि (शुक्रबार) बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरुप प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएकाे हाे ।

बैठकमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा सम्भव भए भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया