नवप्रवर्तन उद्यमलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवप्रवर्तन उद्यमशीलताका लागि सहयोग गर्ने भएको छ ।
चेम्बर अफ कमर्सको ‘स्टार्टअफ एण्ड इनोभेसन’ समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा नवप्रवर्तन उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पङ्कज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरे । चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने जनाइएको छ । यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचारप्रसार गर्ने सम्बन्धमा सहमति भएको हो ।
सम्झौता कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नवप्रवर्तन उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअपप एण्ड इनोभेसन समितिमार्फत काम गरिरहेको अग्रवालले बताए ।
स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवालाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।










जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
HoR elections to proceed as scheduled: Minister Ghising
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया