रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

त्रिवेणी (रुकुम–पश्चिम) । यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन् ।
मुसिकोट नगरपालिकाभित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शमाले जानकारी दिए । उनका अनुसार पहिलो दिन चार सय ५७, दोस्रो दिन छ सय ५२ र तेस्रो तथा अन्तिम दिन सात सय ८५ सेवाग्राहीले सेवा लिएका हुन् । स्वयंसेवकका रुपमा खटिएका ५० र अन्य ५१ जना गरी शिविरबाट कूल एक हजार नौ सय ९५ जनाले सेवा लिएको उनले जानकारी दिए ।
मुसिकोट नगरपालिकालाई लक्षित गरेर शिविर आयोजना गरिए पनि शिविरमा जाजरकोट, रोल्पा, रुकुम पूर्वसम्मका बिरामीले सेवा लिएको अध्यक्ष शमाले बताए । शिविरबाट उपचार सम्भव नभएका २० बिरामीलाई नेपालगञ्ज र १० बिरामीलाई जिल्ला अस्पताल सल्ले रेफर गरिएको छ । जसमा हाड्जोनीै र स्त्री रोगसम्बन्धी बिरामी छन् । शिविरमा नाम दर्ताको लागि रु एक सय दर्ता शुल्क रहेकामा बिरामी जाँच तथा औषधि वितरण निःशुल्क गरिएको थियो ।
शिविरबाट स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसाको जाँच तथा उपचार गरिएको थियो । त्यस्तै शरीरका विभिन्न अङ्गको दुखाइ, दाँतसम्बन्धी सेवा, हाइड्रोशीलसम्बन्धी समस्याको जाँच तथा उपचार गरिएको थियो । शिविरमा दुई नेपाली र २० सिंगापुरका गरी विशेषज्ञ सहित २२ चिकित्सकले सेवा प्रदान गरेको शर्माले जानकारी दिए ।
ग्रेस मिसन सिंगापुरको आर्थिक सहयोग, मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा ‘सिएसडिसी’ले स्वास्थ्य शिविरको आयोजना गरेका थिए ।










धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया