गण्डकी प्रदेशद्वारा अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताएका छन् ।
राष्ट्रिय अपाङ्ग कोषद्वारा आज पोखरामा आयोजित ह्विलचेयर वितरण कार्यक्रममा उनले अपाङ्गतासम्बन्धी ऐनको तयारी भइरहेको बताउँदै प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताए ।
यसका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउँदै उनले भने, “यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति छ ।”
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरणलगायत काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयमार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए।
अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको र यस विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा विशेष ध्यान दिइएको बताए।
जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारका लागि बहस, पैरवी, समुदायमा आधारित पुनःस्थापना, बीउ पुँजी वितरणलगायतका कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे ।
राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले दैनिक आवश्यकपर्ने सहायक सामग्री कृत्रिम हातखुट्टा, क्यालिपर, वैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयरजस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको जानकारी गराए।
कोषले विषेशज्ञबाट नापजाँच एवं तालिमसहित ओम हङ्ग गिल ह्युमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई वितरण गरेको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया