पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि कारवाही गर्न प्रेस युनियनकाे माग
मेरोन्यूज
२०७७ चैत ३१ गते २०:५५

काठमाडाैं । नेपाल प्रेस युनियन काठमाडाैं शाखाले नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहालमाथि भारतीय दूतावास अगाडि भएको दुर्व्यवहारकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । ‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि आक्रमण भएकोे थियाे।
पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ- प्रेस युनियन काठमाडाैंका अध्यक्ष जगन्नाथ दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल छानविन गरी कडा कारवाहीको गर्न युनियनले माग गरेकाे छ ।
सम्बन्धित

















आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया