खुला अन्तर्राष्ट्रिय सीमामा निगरानी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षा सम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले खुल्ला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा राखेका हुन् ।
‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदाजाँदा नपर्ने ? परिचयपत्र बोकेर किन हिँडन सक्दैन मान्छे ?’ ओलीले प्रश्न गदैं भने ।
सुरक्षालाई ध्यान दिने हो भने देश भित्र कुन देशको मान्छे कहिले देखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र ? विगतमा भुटान सँग थियो र ?
खुल्ला सिमाका विषयमा कोही कसैसँग केही भन्नै नपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने प्रधानमन्त्रीले बताए ।
हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता हो, प्रधानमन्त्रीले भने, ‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दै आफैँ डडेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्दन्द्द फैलियो नभएको मतमतान्तर र द्वन्द्व बढन सक्छ ।’
देशमा क्रान्ति र परिवर्तनको नाममा उत्पात मच्चाएको उल्लेख गर्दे प्रधानमन्त्रीले भने, १७ हजार मानिस त मारिए भने कति सग्ला अपांग कति विधवा र बेसाहारा टुहुरा भए होलान् ? मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आए पछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’
















Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया