आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ ।यस्तै, बिहान साढे ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोलाइएको छ ।
बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिनेछ । त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ ।
यस्तैगरी, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ ।
















दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया