केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम हुने

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एम्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने भएको छ ।
भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स३ प्रो इभी, इलेक्ट्रीक ह्याचब्याक ई क्वेट ०४ र र ई क्वेट इ२ टेष्ट ड्राइभ गर्न सकिने छ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ । सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको मिक्चर ग्राण्डर प्राप्त गर्नेछन् ।
लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो, जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो । कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौंस्थित तीनकुने मा सञ्चालनमा ल्याएको छ ।















इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया