उपसभामुख रानाले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषदमै दिईन् स्पष्टीकरण
मेरोन्यूज
२०८१ भदौ २८ गते २०:३४

काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषदमै स्पष्टीकरण दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका थिए । उपसभामुख राना मगर पनि परिषद्की सदस्य हुन् ।बैठकमा उनले आफ्नो विषयमा उठेको विषय कोट्याएकी थिइन् । बालबालिकाको क्षेत्रमा काम गरेको आफ्नो अन्तराष्ट्रिय छवि भएको बताइन् ।
जवाफमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
राना मगरले असम्बन्धित मानिसको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई करिव १८ महिना अगाडि लेखेको पत्र सार्वजनिक भएको छ। यसलाई लिएर सत्तारुढ काँग्रेस र एमालेले उनलाई मार्गप्रशस्त गर्न भनेका छन् । उपसभामुख राना मगरले भने आफू कुनै गल्ती नगरेकाले यसबारे केही नसोचेको बताइन्।
सम्बन्धित
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया