जनप्रतिनिधसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् । स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज-गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेकोे खजुराबजार नजिकै रहेको पेडारी खोलाको जीर्ण पुल र सडक निर्माण गर्ने चुनावी योजना बनाएका जनप्रतिनिधिले चुनाव जितेको दुई वर्षसम्म पनि पुल र सडक निर्माणमा चासो नदिएको उनीहरुको गुनासो छ ।
पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराउन खजुराका अगुवा रमेश सिञ्जाली, राजेन्द्र आचार्य र राजकुमार विक लगायतको नेतृत्वमा खजुरावासीले खजुरा गाउँपालिकामार्फत उक्त क्षेत्रका सबै जनप्रतिनिधिलाई शुक्रबार ज्ञापनपत्रसमेत बुझाएका छन् ।
गाउँपालिका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लमार्फत बाँके क्षेत्र नं ३ का सांसद किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्रीलाई जीर्ण पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराइएको स्थानीय अगुवा रमेश सिञ्जालीले बताए ।
विसं २०७४ मा ठेक्का सम्झौता भएर पटक–पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको एक हजार आठ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि जनप्रतिनिधिले तदारुकता नदेखाएको उनले उल्लेख गरे।
पेडारी खोलाको पुल साँघुरो र जीर्ण अवस्थामा रहेकोले वर्षाद्को समयमा बाढी आउनासाथ पुल वारीपारीको तीन सय मिटर सडकक्षेत्रमा पानी भरिएर आवतजावत बन्द हुने र सडक जीर्ण भएर सवारी सञ्चालनका कठिनाइ हुने गरेको सिञ्जालीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष विकले पेडारी खोलामा पुल र खजुराबजारको एक हजार आठ सय मिटर सडक निर्माणको लागि पटक/पटक सङ्घीय सरकारसँग माग गर्दै आएको बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया