उपसभामुखलाई हटाउन नहुने प्रचण्डकाे दाबी

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘ ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गरेका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गरे । जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी उनलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ”,पूर्वप्रधानमन्त्री दाहालले भने ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिए।पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताए ।
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भने,“प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुने छ ।”
















दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया