नारायणगढ–मुग्लिन सडकमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
मेरोन्यूज
२०८१ भदौ २९ गते २०:४०

चितवन । नारायणगढ–मुग्लिन सडकमा आज सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नंको ‘पिकअप गाडी’लाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नंको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिनुभयो । ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित











कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया