वन कार्यालयले १ लाख ३८ हजार बिरुवा बाँड्यो

चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो ।
जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहुवर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहुवर्षीय बिरुवा रहेका छन् ।
बहुवर्षीय बिरुवा आर्थिक वर्ष २०७८/७९ देखि उत्पादित बिरुवा हुन् । त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उनले जानकारी दिए । पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबाट ५० हजार बिरुवा वितरण गरिएको हो ।
जिल्लामा रहेका १५ संस्थाले ती बिरुवा लगेर वृक्षरोपण गरेका हुन् । सामुदायिक वन, कवुलियती वन, सार्वजनिक क्षेत्र, नदी उकास क्षेत्र/नदी किनार तथा निजी जग्गामा वृक्षरोपण गरिएको उनले बताए । पौडेलले भने “वृक्षरोपण गरिएको छ, ती बिरुवा कतिको बाँचे भन्ने हेर्न बाँकी छ ।”
अघिल्ला आर्थिाक वर्षमा वृक्षरोपण गरेर हेरचाह नगर्दा बिरुवा मर्ने गरेको गुनासो आएसँगै यस वर्ष अनुगमन गरि बिरुवाको हेरचाह नगर्ने सङ्घ संस्थालाई आगामी वर्षमा बिरुवा दिन रोकिने उनले बताए । कार्यालयले यस वर्ष ३० हजार बहुवर्षीय बिरुवा उत्पादन गरेको उनले बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया