ध्वजासहितको लिंगो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरु)
मेरोन्यूज
२०८१ भदौ ३० गते १३:०६

काठमाडौं । वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा आइतबार इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ ।
मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिंगो आज बिहान ठड्याइएको हो । चलिआएको परम्पराअनुसार लिंगो ठड्याएसँगै उपत्यकामा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो ।
उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।




सम्बन्धित













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया