‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

काठमाडौँ । राष्ट्रयसभाको आजको बैठकमा सांसद तलुसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद दाहालले राष्ट्रियसभाले २०७८ साउन १८ गते छलफल गरी प्रतिनिधिसभामा उक्त दुई विधेयक पठाएको जानकारी गराउँदै प्रतिनिधिसभाको अघिल्लो समयावधि सकिएकाले ती विधेयक शून्यमा गएको भन्दै चिन्ता व्यक्त गरे ।
नेपालमा हालसम्म ७१ पटक हवाई दुर्घटना भएको जानकारी दिँदै हवाईसम्बन्धी महत्वपूर्ण मानिएका दुई विधेयक यथाशीघ्र ल्याएर कार्यान्वयन गर्नुपर्ने सांसद दाहालले उल्लेख गरे । “यी दुई विधेयकमाथि कहिले छलफल हुन्छ र कार्यान्वयनमा आउँछरु”, उनले प्रश्न गरे । सांसद गङ्गाकुमारी बेल्बासेले उपसभामुख इन्दिरा रानाले माफी मागिसकेको अवस्थामा उक्त विषयमा फेरि सदनमा उठाउनु गलत रहेको धारणा राखे ।
सांसद गोपिबहादुर सार्की अछामीले महाप्रबन्धक नहुँदा उदयपुर सिमेन्ट कारखाना सञ्चालनमा समस्या आएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तीन सय शय्याको अस्पताल र मेडिकल सञ्चालन गर्न अनुपतिपत्र दिनुपर्ने विषयमा सरकार समक्ष निवेदन गरे । सांसद मायाप्रसाद शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्ड र चौझारी खण्डको पुल मर्मत गर्न सरकारलाई ध्यानाकर्षण गराए ।
सांसद सुमित्रा विसीले तरकारी र फलफूलमा विषादी प्रयोग भइरहेकाले जनस्वास्थ्यमा असर परेको विषयमा कृषि मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानको पहल गर्न आग्रह गरे ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया