बिहीबार, चैत १२, २०८२

राजदूतबारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित, बुधबार बस्ने

मेरोन्यूज २०८१ भदौ ३१ गते १३:०९

काठमाडौं। विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । अब अर्को बैठक बुधबार बस्ने संसद् सचिवालयलले जनाएको छ । बुधबार बस्ने बैठकले राजदूतबारे निर्णय लिने छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका लागि डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी रहेका छन् ।

समितिले यस अघि नै १७ राजदूतसँग कार्ययोजनामा छलफल गरेको थियो । समितिले प्रस्तावित राजदूतसँगै परराष्ट्रमन्त्री डा आरजू राणा देउवासँग पनि छलफल गरेको थियो ।
 

प्रतिक्रिया