सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले ल्याएको बजेटमा पुँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख अर्थात् ५९ दशमलव ३२ प्रतिशत् र चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख अर्थात् ४० दशमलव ६५ प्रतिशत विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका विपक्षी दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने बजेट भाषण बहिस्कार गरेका थिए । विपक्षीको विरोधका कारण प्रदेश सभा बैठक केहीबेर अवरुद्ध समेत भएको थियो । असार एक गते नै आउनुपर्ने बजेट अहिले ल्याउनु संविधान र कानुनको विपरीत भएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशसभामा नाराबाजीसमेत गरेका थिए ।
कमलबहादुर शाह नेतृत्वको सरकारले सोही बजेटलाई हेरफेर गरी आकार केही बढाएर सोमबार प्रदेश सभामा प्रस्तुत गरेको हो ।
दीर्घ सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा गएको थियो । अध्यादेश ल्याएर राजश्व उठाउने बाटो खोलिए पनि सरकारी खर्च ठप्प थियो भने कर्मचारीले तलब पनि खान पाएका थिएनन् । कांग्रेस एमालेको नयाँ समीकरण बनेसँगै समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएपछि दीर्घ सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट अलपत्र परेको थियो ।













रवि, बालेन र कुलमानबीच सहमति
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया