MachhapuchhreMachhapuchhre

पछिल्लो २४ घण्टामा थपिए ६०३ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण

२०७८ वैशाख १ गते १६:३८
Everest BankEverest Bank


काठमाडौं । पछिल्लो २४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर ६०३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा ४२८९ जनाको पिसिआरबाट ५८० जनामा संक्रमण देखिएको छ। यस्तै ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रिय संक्रमित चार हजार ५६ जना रहेका छन् ।

कोरोना मुक्त १२९ जना कोरोना निको भएर घर फर्किएका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

देशका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता डा. गौतमले जानकारी दिए।

प्रतिक्रिया

Nabil bank insideNabil bank inside
Nabil bank insideNabil bank inside