कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी

काठमाडौँ । भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ ।
आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ । जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् ।
धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ ।
५ अगस्त, २०१९ मा, अनुच्छेद ३७० खारेज गरेर, जम्मू कश्मीरको विशेष दर्जा हटाइएको थियो र दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो ।
यी चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन् ।
जबकि भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै छन् । लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरूसँग गठबन्धनको घोषणा गरेको छ ।
मतदानलाई मध्यनजर गर्दै राज्यमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया