पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

देउखुरी (दाङ) । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा(माओवादी केन्द्र)की नेतृ रेखा शर्माका पीता वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।
केही समयदेखि भैरहवामा बसोबास गर्दै आउनुभएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि आज बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
शर्माको पार्थिव शरीर आज साँझ दाङको घोराही-१८ मसिनास्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ । उनको भोलि बिहान मसिना सतीघाट कटुवाखोलामा अन्त्येष्टि गरिने शर्माको परिवारले जनाएको छ ।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति र दर्जनौँ कविता प्रकाशित छन् । निवृत्त शिक्षक शर्माका चार छोरी र एक छोरा हुनुहुन्छ । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया