पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

देउखुरी (दाङ) । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा(माओवादी केन्द्र)की नेतृ रेखा शर्माका पीता वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ ।
केही समयदेखि भैरहवामा बसोबास गर्दै आउनुभएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि आज बुटवलस्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ ।
शर्माको पार्थिव शरीर आज साँझ दाङको घोराही-१८ मसिनास्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ । उनको भोलि बिहान मसिना सतीघाट कटुवाखोलामा अन्त्येष्टि गरिने शर्माको परिवारले जनाएको छ ।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति र दर्जनौँ कविता प्रकाशित छन् । निवृत्त शिक्षक शर्माका चार छोरी र एक छोरा हुनुहुन्छ । शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ ।













अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया