आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेका दीपक सिलवालको अवस्थाबारे अनुगमन गरी जीवनरक्षाका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकको स्वास्थ्योपचार गर्न आपत्कालीन हेली उद्धार गरी पाउँ भनी गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा रहेका तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवालको स्वास्थ्यावस्था सम्बन्धमा आयोगले अनुगमन गरी उक्त पत्राचार गरेको हो।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सिलवालको जीवनरक्षाका लागि आजै गृहमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । पोखरेलले भनेका छन्, ‘अनुगमनका क्रममा निज सिलवालको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको पाइएकाले निजको स्वास्थ्योपचारसहित जीवनरक्षाका लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिलबमोजिम पत्राचार गरेको छ ।’
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया