स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल

पाटन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताएका छन् ।
ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा भएको बताएका हुन् ।
‘स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागू गर्ने अभियानमा छौँ, अहिले व्यवस्थापकीय कमजोरीका कारण समस्या देखिएको हो, यसमा सुधार गर्न सकिन्छ, सरकारले स्वास्थ्य सुविधा दिन ३१ अर्ब व्यवस्थापन गरेको छ, स्वास्थ्य बीमा एकद्वार प्रणालीबाट एकीकृत ढङ्गले चलाउन सकिन्छ’, उनले भने ।
मन्त्री पौडेलले अरु देशमा व्यक्तिको योगदानका आधारमा स्वास्थ्य बीमा सञ्चालन हुने गरेको बताए । नेपालमा यसलाई व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट रकम बीमा कोषमा जम्मा गर्नुपर्नेमा जोड दिए।
रोग लागेपछि उपचारभन्दा रोग नै लाग्न नदिने अवस्था सृजना गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले खाद्यान्न स्वास्थ्यको मुख्य विषय भएकाले निरोगी बनाउने गरी खाने कुरालाई स्वास्थ्यसँग जोड्न सक्नुपर्नेमा जोड दिए।
अस्पतालले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले देशमा कुनैपनि विषयमा अनुसन्धान नहुने गरेको बताए। मन्त्री पौडेलले गणेशमान सिंह विचारलाई पदसँग नसाट्ने र प्रधानमन्त्री पद समेत त्याग्न सक्ने प्रतिबद्धता भएको व्यक्ति भएको स्मरण गरे। सङ्घर्ष र निष्ठामा गणेशमानको जस्तो उचाइ कसैले प्राप्त गर्न नसक्ने उनको भनाइ थियो ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया