प्रचण्डप्रति लक्षित गदै प्रधानमन्त्रीले सोधे-‘के हो प्रतिगमन ? मलाई पनि बुझाई दिउँ न !’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिगमन भनेको के हो ? भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधीसभा विघटनको निर्णय लिएपछि प्रचण्ड लगायतका नेताहरुले ओलीको कदमलाई प्रतिगमन भन्दै आईरहेका थिए ।
प्रतिगमनको गलत अर्थ लगाउने काम अहिले भईरहेको भन्दै जसले प्रतिगमन भन्दै आईरहेका छन्, उनीहरुले नै यसको अर्थ बुझ्न नसकेको प्रधानमन्त्रीको भनाई थियो ।
बुधबार काठमाडौंमा २०६२/६३ को जनआन्दोलन, माओवादी जनयुद्द र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्वोधन गदैं प्रधानमन्त्री ओलीले त्यस्तो वताएका हुन् ।
‘एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ, के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन्’ प्रधानमन्त्री ओलीले भने,-‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति आक्रोशमिश्रित सम्वोधन गदै प्रधानमन्त्री ओलीले प्रतिगमनको अर्थ आफुलाई पनि बुझाईदिन आग्रह गरे ।
‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र रु केही पनि परेको छैन । अनि कसरी हुन्छ प्रतिगमन रु के हो प्रतिगमन भनेको ? मलाई पनि कसैले वुझाई दिए हुने नि ’ प्रधानमन्त्रीले भने ।
अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने आफुले वुझेको प्रधानमन्त्रीको भनाई थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनआन्दोलन, जनयुद्द र मधेस आन्दोलनका योद्दा परिवारलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिएका थिए ।
पछि प्रधानमन्त्रीलाई अप्ठायारो महसुस भएपछि गृहमन्त्री रामवहादुर थापा (बादल)ले खादा लगाइदिएका थिए । त्यस्तै उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्मानपत्र दिएका थिए ।
















गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया