दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् : प्रदेश प्रमुख नजिर

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले मुलुक दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् भनी शुभकामना दिएका छन् ।
उनले संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जनताको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालमा संविधान जारी भएकाले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै समुन्नत नेपाल निर्माणमा लाग्न आग्रह गरे ।
‘नेपाली जनताले पटक-पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ उहाँले जारी गरेका शुभकामना सन्देशमा उल्लेख छ ।
प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यो ऐतिहासिक दिवसले सुदूरपश्चिम प्रदेश दिगो शान्ति सुशासन र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।”











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया