शुक्रबार, चैत १३, २०८२

धरहरा चढ्न सर्वसाधारणको भिड (तस्वीरहरू)

मेरोन्यूज २०८१ असोज ३ गते १२:४३

काठमाडौं । धरहरा आजबाट सर्वसाधारणका लागि खुल्ला भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। सर्वसाधारणले नवनिर्मित धरहरा निस्शुल्क रूपमा चढ्न पाउनेछन् ।

खुला गरिएपछि आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आएको हो ।

अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निस्शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

धरहरा चढेका सर्वसाधारण काठमाडौँ उपत्यकाको तस्बिर लिँदै
धरहराबाट लिएको धरहरा परिसरको दृश्य

प्रतिक्रिया