बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ ।
८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ ।
विपिन रेशमियाको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टी गर्दै लेखेका छन्, ‘अत्यधिक दुःखका साथ हाम्रा बुवा विपिन रेशमियाको १८ सेप्टेम्बरमा निधन भएको जानकारी गराउँदछौं ।’
विपिन रेशमिया फिल्मका निर्माता-संगीतकार थिए ।
उनले ‘द एक्सपोज’ (२०१४) र ‘तेरा सुरुर’ (२०१६) जस्ता फिल्महरू निर्माण गरेका थिए । उनले रिलिज हुन नसकेको ‘इन्साफ का सुरज’ (१९९०) को लागि पनि संगीत दिएका थिए । २०२१ मा, हिमेशले ‘इन्डियन आइडल’ को सेटमा खुलासा गरेका थिए कि उनका बुबाले एउटा गजबको गीत रचना गरेका थिए, जसलाई लता मंगेशकर र किशोर कुमारले गाएका थिए तर यो गीत कहिल्यै रिलिज भएन ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया