बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ ।
८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ ।
विपिन रेशमियाको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टी गर्दै लेखेका छन्, ‘अत्यधिक दुःखका साथ हाम्रा बुवा विपिन रेशमियाको १८ सेप्टेम्बरमा निधन भएको जानकारी गराउँदछौं ।’
विपिन रेशमिया फिल्मका निर्माता-संगीतकार थिए ।
उनले ‘द एक्सपोज’ (२०१४) र ‘तेरा सुरुर’ (२०१६) जस्ता फिल्महरू निर्माण गरेका थिए । उनले रिलिज हुन नसकेको ‘इन्साफ का सुरज’ (१९९०) को लागि पनि संगीत दिएका थिए । २०२१ मा, हिमेशले ‘इन्डियन आइडल’ को सेटमा खुलासा गरेका थिए कि उनका बुबाले एउटा गजबको गीत रचना गरेका थिए, जसलाई लता मंगेशकर र किशोर कुमारले गाएका थिए तर यो गीत कहिल्यै रिलिज भएन ।









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया