१६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला नेपालमा

काठमाडौं । नेपालमा १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला आयोजना हुँदैछ ।
शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका आधिकारिक सरकारी निकाय सहभागी हुने निक्षेप तथा कर्जा सुरक्षण कोषले जानकारी दिएको छ । ३६औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गर्दैछ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औं वार्षिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म चल्ने छ ।
सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायले आ–आफ्नो मुलुकको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवाला बीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।
यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
‘आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,’ उनले भने ।
सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ ।
सम्मेलनको छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया