बुधबार, चैत ११, २०८२

१६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला नेपालमा

मेरोन्यूज २०८१ असोज ३ गते २०:४०

काठमाडौं । नेपालमा १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला आयोजना हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका आधिकारिक सरकारी निकाय सहभागी हुने निक्षेप तथा कर्जा सुरक्षण कोषले जानकारी दिएको छ । ३६औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गर्दैछ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औं वार्षिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म चल्ने छ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायले आ–आफ्नो मुलुकको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवाला बीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

‘आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,’ उनले भने ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ ।

सम्मेलनको छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

प्रतिक्रिया