एनसेल फाउन्डेसनद्वारा पलेसा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारा ओलम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारा ओलम्पिक्सकी ऐतिहासिक कास्य पदक विजेता पलेसासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।
पलेसाका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख नगद पुरस्कार पाएका छन् । त्यसैगरी, तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।
पलेसाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित उनीलगायत अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया