शुक्रबार, चैत ६, २०८२

दशैँमा सुनका १० वटा सिक्का जित्ने सीजीको अफर

मेरोन्यूज २०८१ असोज ४ गते १४:०३

काठमाडौँ। सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ। यस अभियान अन्तर्गत १० जना भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० वटाच सुनका सिक्का जित्ने अरवसर प्राप्त गर्नेछन्।

Advertisement
nepal life insurencenepal life insurence

यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ।

यो योजना सीजीका हिटर, आइरन, मिक्स्चर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन,एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ। यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

प्रतिक्रिया