बिहीबार, चैत १२, २०८२

कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

मेरोन्यूज २०८१ असोज ४ गते २०:२८

काठमाडौं ।अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘ुएभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन। बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो। ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो।

रमेश कर्पोरेसनले हेर्दै आइरहेको ‘कर्णाली यश्विज’ बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन। उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन। उनले राष्ट्रिय तहको थुप्रै खेलहरू खेलिसकेकी छिन। 

खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मूल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफू जोडिन पाउँदा खुसी लागेको बताएकी छिन। नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनको भनाई छ।

‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गते सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागितामा हुनेछ। कर्णाली यश्विज टिमबाट प्रशिक्षकमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन् । उनी ‘न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन्। 

उनको प्रशिक्षण र ग्याब्रीएल बेन्डाको साथ र समर्थनले कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन्।

कर्णालीको टिम–सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने छन् ।

प्रतिक्रिया