अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा

ढोरपाटन (बागलुङ) । शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ ।
नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउने जिम्मा लिन थालेको हो । ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रमअन्तर्गत बेसहारा बालबालिकालाई आवासीय शिक्षा दिइने भएको छ । दुई वर्ष अगाडिदेखि ‘लिड स्कूल’ को अवधारणा लिएर काम गरेको नगरपालिकाले वडा नम्बर ५ स्थित सर्वोदय जनक माध्यमिक विद्यालयमा बालबालिकालाई आवासीय सुविधासहित पढाउने भएको छ ।
बसाइसराइ कारणले विद्यार्थी घट्ने क्रम बढेपछि विद्यालय घटाउने र गुणस्तर बढाउनका लागि नगरपालिकाले ‘लिड स्कुल’ अवधारण ल्याएको थियो । गाउँमा धेरै बालबालिका अभिभावकविहीन भएको हुँदा उनीहरुको अभिभावकत्व नगरपालिकाले लिएर शिक्षा दिने भएको हो । सर्वोदय जनक माध्यमिक विद्यालयमा आवास तयार भएको भन्दै अन्य व्यवस्थापकीय पक्ष सुधार गरेर विद्यार्थी राखिने छ ।
आर्थिक अवस्था कमजोर हुँदा पढाइबाट विमुख भएका बालबालिकालाई नगरपालिकाले पढाउने जिम्मा लिएको उपप्रमुख हरिहर शर्माले बताए। कक्षा १ देखि १२ सम्म ‘लिड स्कुल’ मा पढाउने र त्यसभन्दा माथि पढ्नेका लागि छात्रवृत्तिको सुविधा दिइने उनको भनाइ छ ।
नगरपालिकाले यस वर्ष २० बालबालिकालाई सुविधा दिने र आगामी वर्ष बढाउँदै जाने उपप्रमुख शर्मा बताउछन् । चालु आवमा प्रति विद्यार्थी रु ४० हजारका दरले बजेट विनियोजन गरेको र आगामी वर्ष नयाँ थपिए सोअनुसार व्यवस्थापन गर्ने उनको भनाइ छ । कोही पनि बालबालिका आफन्त नभएर र आर्थिक अवस्था कमजोर भएर पढाइबाट टाढा हुनु नपर्ने शर्माले बताए ।
उनले भने, “सबै नागरिकलाई शिक्षित बनाउने, स्वास्थ राख्ने प्रयास गरिरहेका छौँ, यस वर्ष हामीहरुले ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्दैछौँ, यसबाट आफन्त नभएका बालबालिका, असहाय र विपन्न परिवारका बालबालिकालाई नगरपालिका अभिभावक बनेर पढाउने गरी जिम्मा लिँदैछ, नागरिकलाई शिक्षा दिने हाम्रो दायित्व हो, जैमिनीमा कोही बालबालिका पारिवारिक, आर्थिक र सामाजिक समस्याले शिक्षाबाट विमुख बन्नुपर्ने छैन ।”
‘लिड स्कुल’ मा विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने गरी काम भइरहेको छ । विसं २०७८ मा ‘लिड स्कुल’ घोषणा भएको विद्यालयमा नगरपालिकाले लगानी गरेको छ । उक्त विद्यालयमा यस वर्षदेख पढ्दै कमाउँदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर छ वटा प्लास्टिक टनेल स्थापना गरी तरकारी खेती थालिएको छ । प्रत्येक वडाबाट दुई/दुई विद्यार्थी लिएर उनीहरुलाई यही विद्यालयमा राखिने नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार जैमिनीमा ८० सामुदायिक र एउटा संस्थागत गरि ८१ विद्यालय रहेका छन् । उक्त विद्यालयमा करिब छ हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको आचार्य बताउछन् । विद्यालयभन्दा बाहिर रहेका बाललिकालाई शिक्षाको पहुँच ल्याउनका लागि ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्न थालिएको उनको भनाइ छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया