रिभल्वर र भरुवा बन्दुकसहित तीनजना पक्राउ

काठमाडौं । रिभल्वर र भरुवा बन्दुकसहित प्रहरीले कपिलवस्तु र ताप्लेजुङबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, सानो गणेशपुर चोकबाट ‘मेड इन कानपुर’ लेखिएको पाँच राउन्ड गोली लोड गरिएको सानो रिभल्वर एकथान र गोलीको खोकासहित दुईजनालाई शुक्रबार साँझ पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी छन् । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको यूपी ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रिभल्वरसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ का जितबहादुर लिम्बूलाई एकनाले भरुवा बन्दुक एकथानसहित शुक्रबार बिहान पक्राउ गरिएको छ । प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरिएको हो ।
साथै, फक्तालुङ–५ स्थित देवीस्थान जंगलको ओढारमा बेवारिसे अवस्थामा तीनथान भरुवा बन्दुक भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया