‘हाँडिगाउँ क्षेत्रको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ’

काठमाडौँ । संस्कृतिविद् जगमान गुरुङले हाँडिगाउँँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पु¥याउन तीन तहकै सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।
काठमाडाैँ महानगरपालिका–५ हाँडिगाउँमा कैलाशकूट सामाजिक अभियानको साधारणसभाको आज उद्घाटन गर्दै उनले लिच्छविकालका तीनवटा प्रमुख दरबार मानगृह, भद्रादिवास र कैलाशकूटमध्ये हाँडिगाउँस्थित कैलाशकूटको महत्व अझ धेरै रहेको बताए ।
संस्कृतिविद् गुरुङकानुसार तीन खण्ड र सात तल्ला रहेको ऐतिहासिक कैलाशकूट भवनको एउटै सभाकक्षमा १० हजार मानिस बस्न सक्ने र यही दरबारबाट अंशु वर्माले शासन गरेका थिए ।
उनले हाँडिगाउँ, मालिगाउँ र धुम्रवराहको प्राचीन अभिलेख सङ्कलन गरी सङ्ग्रहालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्राडा प्रयागराज शर्माले इतिहास, सम्पदा र जात्रा पर्वका आधारमा हाँडिगाउँ नेपालकै प्राचीन र ऐतिहासिक स्थल रहेको बताए । उनले पुरातात्विक प्रमाणका आधारमा प्राचीन मूर्ति, अभिलेख र कैलाशकूट दरबारको ख्याति हाँडिगाउँले प्राप्त गरेको धारणा राखे।
काठमाडौँ महानगरपालिका-५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले महानगरपालिकाले हाँडिगाउँलाई जीवन्तता दिन अभियान सुरु गरेको जानकारी दिए । उनले सम्पदा, संस्कार र पहिचान चिनाउन विगत एक वर्षदेखि हाँडिगाउँ क्षेत्रमा सडक महोत्सव सुरु गरिएको बताए ।
महानगरले सार्वजनिक जग्गा खोजी गरी वडावासीको हितमा प्रयोग गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेकाले लिच्छविकालिन सम्पदा रहेको हाँडिगाउँ क्षेत्रको विकासका लागि सबैको सहयोगका लागि प्रजापतिले आग्रह गरे ।
वरिष्ठ पत्रकार मोहन मैनाली र कैलाशकूट सामाजिक अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले ‘सबैलाई माया गरौँ सबैको सेवा गरौँ’ भन्ने उद्देश्यका साथ अभियानले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
त्यसअवसरमा विसं २०१० देखि बाजागाजा संरक्षणमा सक्रिय रामदास महर्जनलाई नगदसहित सम्मान गरिएको थियो ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया