कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन् : देउवा
मेरोन्यूज
२०८१ असोज ५ गते १८:३५

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।
सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो । शनिवार काभ्रेको धुलिखेलमा बिपी कोइरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । काँग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
सम्बन्धित
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया