महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

काठमाडौँ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१÷०६÷०५ मा महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ ।
तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।
मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द« लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश “ख” का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द« लामिछाने ज्युले संयुक्त रुपमा प्रदान गर्नुभएको हो । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।










३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया