ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरु सहभागि रहेका थिए । अन्तर बैंक फुटसल २०८१को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिला तर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ ।
उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुष तर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिला तर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो । ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधी ग्लोबल आइएमई बैैंकका चन्द्रिका भट्टले हात पारेकी छिन ।
साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरीरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन ।
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ । अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधी पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको बिजेता उपाधीसंगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधी लगातार दोस्रो पटक हो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया