एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक
मेरोन्यूज
२०८१ असोज ६ गते १८:५४

काठमाडौँ । २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् ।
चीनको हाङ्जाउमा आज भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग ६–० अङ्कले पराजित भइन् । यसअघि सेमिफाइनल खेलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।
एसियन कराते फेडरेसनले आयोजना गरेको एसियन च्याम्पियनसिपमा एरिकाले प्राप्त गरेको रजत पदक नै नेपालका लागि पहिलो हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेका छै्नन् ।
एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने व्रिटोलाई ४–० अङ्कले पराजित गरेकी थिइन् । उनले क्वाटरफाइनल खेलमा कजाकिस्तानकी सोफिया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् ।
सम्बन्धित
















पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया