हुम्लामा टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ ।
विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पु¥याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए।
खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए।
नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ । सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए । ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ पुगेका छन् ।
उक्त स्थानमा रहेको टावरले नाम्खाका तीनवटा वडा र सिमकोटका दुई वडामा सेवा प्रवाह गरिरहेको छ । नाम्खा गाउँपालिकाका–१, २, ३ र सिमकोट गाउँपालिका–७, ८ नं वडाका नागरिकले टेलिफोन सेवाको उपभोग गर्दै आएका छन् । यस क्षेत्रमा जडान गरिएका जस्तापाता पुराना भएर काम नगर्दा नागरिकले गुणस्तरीय टेलिफोन सेवा पाएका थिएनन् ।
घाम लागेको समयमा काम गरे पनि अन्य समयमा भने सेवा अवरुद्ध हुँदै आएको थियो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया