सिद्धार्थ हस्पिटालिटीका दुई होटलले पाए अवार्ड

काठमाडौँ । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एशियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् ।
सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल तथा रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो भने चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटलररिसोर्टका रुपमा अवार्ड पाएको हो ।
साटाका संस्करणहरु दक्षिण एशियाका विभिन्न सहरमा आयोजना हुँदै आएको छ । यसपटकको ८औं संस्करण होटल एशोसिएशन नेपाल (हान) को सहकार्यमा नेपालमा आयोजना गरिएको हो ।
दक्षिण एशियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका २५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।
सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरु सञ्चालनमा छन् ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया