अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका-१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।
भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाईदा हुने भनि प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अमेरिकन डलर साट्ने भन्दै गत असोज २ गते धादिङ घर भई काठमाडौं कलंकी बस्ने एक जना पीडितलाई काठमाडौं स्युचार बोलाई नगद ७ लाख रूपैयाँ, काठमाडौं नागार्जुन नगरपालिका-६ टौखेलबाट गत भदौ ३१ गते चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रूपैयाँ, भक्तपुर सुर्यविनायकबाट गत साउन २० गते काठमाडौं बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रूपैयाँ र भक्तपुर गठ्ठाघरबाट गत चैत १३ गते काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने एक जना पीडितबाट नगद २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया