नेप्सेमा भारी अंकको गिरावट
मेरोन्यूज
२०८१ असोज ७ गते १५:२०

काठमाडौँ । नेप्सेमा आज भारी अंकको गिरावट आएको छ । सोमबार सेयर बजार नेप्से ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो ।
आज ३२९ कम्पनिको कारोबार हुँदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज हिमालयन हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख कित्ता शेयर कारोबार भएको छ ।
सम्बन्धित
प्रतिक्रिया