धनुषाको हिरासतबाट भागेका ९ जनामध्ये ७ जना थुनुवा पक्राउ

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका ९ जनामध्ये ७ जना थुनुवा पक्राउ परेका छन्। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले दुईजनालाई जनकपुरधामबाट र पाँचजनालाई विदेह नगरपालिकाको लखौरी भन्ने ठाउँबाट पक्राउ गरेको बताए।
सोमबार बिहान तीन साढे तीन बजेको समयमा जिल्ला प्रहरी कार्यालयको हिरासतको भेन्टिलेशन तोडेर ९ जना थुनुवा फरार भएका थिए। फरार भएकामध्ये एकजनालाई जनकपुरधामबाट नै पक्राउ गरिएको थियो भने ८ जना फरार भएका थिए।
प्रवक्ता अवाका अनुसार फरार भएका थुनुवाहरुमध्ये लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर (नावालक) र विक्की कार्कीलाई पक्राउ गरिएको छ।
लागूऔषध मुद्दाका विशाल मुखिया र अभद्र व्यवहार मुद्दाका मनिष मण्डल अहिलेपनि फरार रहेको र उनीहरुको खोेजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।










विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया