नेपालमा देखिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस के हो?

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ ।
ललितपुरका एक पुरुषमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा.कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको बुधबार जानकारी दिए ।
यो भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ । नेपालमा भने यो पहिलो पटक भेटिएको हो । पौडेलका अनुसार ति पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेका छ ।
‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस के हो ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस भनेको कोरोनाको परिवर्तित स्वरुप भनेर नै बुझ्नपर्छ ।
डा.पुनका अनुसार यो भाइरस भारतमै पहिलो पटक देखिएको हुदाँ यसलाई भारतिय भाइरस समेत भनिन्छ । “’डबल म्युटेन्ट भेरियन्ट’ नयाँ प्रकारको कोरोना भाइरस भनेको त्यसमा रहेको म्युटेन्ट परिवर्तन हो”, डा.पुनले मेरोन्युजसँग भने,“बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने हो कि भन्ने चिन्ता रहेको छ ।”
परिवर्तित रुप भएका कारण यसबारेमा अझै अध्ययन हुन भने क्रम जारी रहेको डा.पुनले जानकारी दिए ।

















दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते
आचारसंहिता उल्लंघन गर्ने ८५ दल र उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
के दैनिक एलोभेरा जुस पिउनु सुरक्षित छ ? फाइदा लिन यसरी सेवन गर्नुहोस्
अदानचुलीमा किशोरी मृत फेला
गृहमन्त्रालयमा बसेकाे आकस्मिक बैठकले के के गर्याे निर्णय ?
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
प्रतिक्रिया