विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला

काठमाडौं। देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-४ माल्टेनि गाउँ बस्ने ३८ वर्षीया संगिता मगर सोही ठाउँस्थित सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै सिन्धुली, कमलामाई नगरपालिका-८ पुरानो करकरे बस्ने ३३ वर्षीय काजी बिक आफ्नै घर नजिकै धान खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोक बस्ने २२ वर्षीय सुकई यादव सोही ठाउँ बस्ने सदान्नद मौर्यको घर अगाडि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ छिल्ली खोला बस्ने ७२ वर्षीय पल बहादुर बुढाथोकी सोही ठाउँस्थित आफ्नै खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, बागमती नगरपालिका-२ सुखा हरिवन खोला किनारमा सोही ठाउँ बस्ने ५५ वर्षीय देबी बहादुर कार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका-१३ अत्तरकाँडास्थित घरमा सोही नगरपालिका-१३ बागमारे घर भएकी ६५ वर्षीया पोक्सरी बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिराहा, बरियारपट्टी गाउँपालिका-३ नेपाल भारत बोर्डर सिमास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, माडी नगरपालिका-२ चिरौलीस्थित सडक छेउमा सोही नगरपालिका-४ बस्ने ८० वर्षीय देब बहादुर घर्ति सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास रोडको बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया