सिराहामा कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
मेरोन्यूज
२०८१ असोज ८ गते १४:४७

सिराहा । आफ्नै बुबा ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित










आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया