मिर्गौलापीडित पत्रकार दियालीलाई आर्थिक सहयोग

काठमाडौँ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई नगद रु एक लाख ८२ हजार प्रदान गरेका छन् ।
वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उनले अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा रोटरी क्लब अफ काठमाडौँ वेष्टका प्रेसिडेन्ट देशकुमार श्रेष्ठ पनि उपस्थित थिए। देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबापत सम्पादक श्रेष्ठले प्राप्त गरेका रु एक लाख र रोटरी क्लब अफ काठमाडौँ वेष्टले प्रदान गरेको रु ८२ हजार समावेश गरी पत्रकार दियालीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण गर्दै सम्पादक श्रेष्ठले जीवनभर देश र जनताका लागि इमान्दीपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु अस्वस्थ हुँदा राज्यबाट उपेक्षित हुनु परेकामा चिन्ता व्यक्त गर्दै सहयोगको भावना जागृत गर्ने उद्देश्यले रोटरीसँगको समन्वयमा उक्त रकम प्रदान गरेको बताए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया