साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै
मेरोन्यूज
२०८१ असोज ९ गते १३:१७

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार ५: ४५ बजेदेखि हुनेछ । समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४-० गोलले पराजित गरेको थियो ।
भुटान चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ । आज नै पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । भुटान र पाकिस्तानलाई बराबरीको नतिजा पनि अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ ।
सम्बन्धित













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया