शुक्रबार, चैत ६, २०८२

सानिमा बैंकले ग्राहकले सिजी डिजिटलमा विशेष छुट पाउने

मेरोन्यूज २०८१ असोज ९ गते १५:४१

काठमाडौँ ।  सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । 

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ । सो क्यासब्याक प्राप्त गर्न न्युनतम ३० हजारको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ । 

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् । 

प्रतिक्रिया