नेपाल उज्वेकिस्तानसँग खेलमा पराजित

काठमडौँ । एफसी यू–२० एसियन कप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको छ ।
खेलको २४ र २७ औँ मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे । त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३–० को अग्रता बनायो । त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो । उज्वेकिस्तानका लागि मिर्जाएभले ६८औँ मिनेटमा गोल गरे भने खेलको ८८ औँ मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे ।
खेलको ९०औँ मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६–० गोलको जित निकाल्यो । एसियन छनोटमा समूह ‘बी’मा रहेको नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग नेपाल ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो ।
उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७–० गोलअन्तरले पराजित गरेको थियो । लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छ भने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ गते बहराइनसँग खेल्नेछ । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् ।
आगामी सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यू–२० टोली एसियन कपमा छनोट हुने भएका छन् ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया