शुक्रबार, चैत ६, २०८२

सिटी वालेटले चाडपर्वको अवसरमा ल्यायो विशेष क्यास ब्याक स्किम

मेरोन्यूज २०८१ असोज ९ गते १८:२८

काठमाडौं । सिटी वालेट प्रालिले दशैंतिहार र छठ पर्वको अवसरमा विशेष क्यास ब्याक पाइने स्किमहरुको घोषणा गरेको छ ।  कम्पनीले ग्राहकले आफैं रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक सम्बन्धी विभिन्न स्किमहरु घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

५ हजार रुपैयाँभन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा CITYPAY प्रोमोकोड प्रयोग गरी २०० रुपैयाँ बराबरको बोनस ब्यालेन्स तथा प्रत्येक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ ग्राहकलाई ५०० रुपैयाँ बराबरको बोनस गरी कुल ७०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । साथै दशैंतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ ।

सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा FLIGHT200 प्रोमो कोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतमा रेमिट भूक्तानी गर्न सकिन्छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा प्रवर्द्धित सिटी वालेट प्रालि स्थापनाको निकै छोटो समयमा लोकपिय्र डिजिटल वालेटको रुपमा स्थापित ब्राण्ड बनेको छ ।

प्रतिक्रिया